National life

प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभा जेठ २६ गते, शेयरधनीलाई बोनस प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
517Shares
प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभा जेठ २६ गते, शेयरधनीलाई बोनस प्रस्ताव
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ । सभामा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद शेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित बोनस शेयरबाटै नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको प्रभु महालक्ष्मीले जानकारी गराएको छ ।

बोनस शेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने भएको छ ।

उक्त दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । अघिल्लो दिन जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा छ । यसकारण जेठ १४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?