National life

प्रभु महालक्ष्मी लाइफले खुद नाफासँगै सबै सुचकमा गर्यो प्रगति,जीवन बीमाकोषमा करीव १२ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
579Shares
प्रभु महालक्ष्मी लाइफले खुद नाफासँगै सबै सुचकमा गर्यो प्रगति,जीवन बीमाकोषमा करीव १२ अर्ब
ncell

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४९ प्रतिशत बढी हो।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशूल्क आर्जन गत आवमा १२ खर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कुल आम्दानी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको जीवन बीमाकोष बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आवमा उक्त कोष ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ ,शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ। ४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा रहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?