National life

फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर : घट्यो नाफा, बढ्दो एनपीएल

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२७ कात्तिक २०८२, बिहिबार
1.1kShares
फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर : घट्यो नाफा, बढ्दो एनपीएल
ncell

काठमाडौँ । पछिल्लो समय भएको मुलुकको असहज आर्थिक अवस्थाले फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर बनेको छ। सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये हालसम्म १४ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। तीमध्ये सात कम्पनी उच्च निष्क्रिय कर्जा (एनपीएल) र खुद नोक्सानीको सामना गरिरहेका छन्।

विवरण अनुसार, चालू आवको पहिलो त्रैमासमा मञ्जुश्री फाइनान्सले ४ करोड ६३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाउँदै ४.१३ प्रतिशत कर्जा निष्क्रिय देखाएको छ।

Royal Enfield
nic asia capital
गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ४२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो र ३.१२ प्रतिशत कर्जा निष्क्रिय थियो।

गुडविल, आईसीएफसी र सेन्ट्रल फाइनान्सले क्रमशः ३ करोड ७३ लाख ८४ हजार, २ करोड २४ लाख ५५ हजार र १ करोड ८४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यी कम्पनीहरुमा क्रमशः ६.३३, २.७७ र १२.०९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ। गत आवको सोही अवधिमा यी कम्पनीहरुले क्रमशः ४ करोड ९५ लाख १३ हजार, ६ करोड ८८ लाख र ४ करोड ९५ लाख १२ हजार रुपैयाँ नाफा कमाएका थिए।

मल्टीपर्पस र श्री इन्भेस्टमेन्ट फाइनान्स क्रमशः १ करोड ३५ लाख ६७ हजार र ३४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाउँदै ६.९३ र ३.३४ प्रतिशत कर्जा निष्क्रिय देखिएका छन्। गत आवको सोही अवधिमा यी कम्पनीहरुले क्रमशः १ करोड ४७ लाख ७४ हजार र ४१ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका थिए।

जानकी फाइनान्सले १८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाए पनि ५३.८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ। गत आवको सोही अवधिमा कम्पनीले २ करोड ३० लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

त्यस्तै, गोर्खाज, समृद्धि र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले क्रमशः ४ करोड २४ लाख १५ हजार, २ करोड १७ लाख २० हजार र ३ करोड ७ लाख ६६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन्। यी कम्पनीमा क्रमशः ५.४४, ९.६७ र ८.०८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ। गत आवको सोही अवधिमा गोर्खाजले ३ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने समृद्धि र गुहेश्वरीले क्रमशः १८ करोड २० लाख ४ हजार र ११ करोड ३३ लाख ३६ हजार रुपैयाँ नोक्सानी व्यहोरेका थिए।

रिलायन्स र नेपाल फाइनान्सले यो त्रैमासमा क्रमशः १६ करोड ४८ लाख २७ हजार र ५ करोड ९५ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोर्दा क्रमशः १०.६७ र १३.१० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ। गत आवको सोही अवधिमा यी कम्पनीहरुको क्रमशः नोक्सानी ५ करोड ७४ लाख ५५ हजार र २ करोड ४० लाख १ हजार रुपैयाँ रहेको थियो।

प्रोग्रेसिभ र बेस्ट फाइनान्सले क्रमशः ३ करोड ९० लाख ८० हजार र ४ करोड ४७ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन्। क्रमशः ६.६७ र १०.१९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ। गत आवको सोही अवधिमा प्रोग्रेसिभले ८ करोड ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो भने बेस्टले ८६ लाख ४१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।















































































































फाइनान्स कम्पनीखुद नाफा / नोक्सानी (रु.)एनपीएल प्रतिशतगत आवको सोही अवधिको खुद नाफा / नोक्सानी (रु.)गत आवको एनपीएल प्रतिशत
मञ्जुश्री फाइनान्स4,63,94,0004.13%9,42,24,0003.12%
गुडविल फाइनान्स3,73,84,0006.33%4,95,13,0008.49%
आईसीएफसी फाइनान्स2,24,55,0002.77%6,88,00,0003.69%
सेन्ट्रल फाइनान्स1,84,44,00012.09%4,95,12,0005.71%
मल्टीपर्पस फाइनान्स1,35,67,0006.93%1,47,74,0004.97%
श्री इन्भेस्टमेन्ट फाइनान्स34,43,0003.34%41,51,0003.19%
जानकी फाइनान्स18,45,00053.80%-2,30,99,00038.44%
गोर्खाज फाइनान्स-4,24,15,0005.44%3,46,86,0003.32%
समृद्धि फाइनान्स-2,17,20,0009.67%-18,20,04,00023.47%
गुहेश्वरी मर्चेन्ट फाइनान्स-3,07,66,0008.08%-11,33,36,00013.56%
रिलायन्स फाइनान्स-16,48,27,00010.67%-5,74,55,0008.58%
नेपाल फाइनान्स-5,95,60,00013.10%-2,40,01,00010.36%
प्रोग्रेसिभ फाइनान्स-3,90,80,0006.67%8,09,40,0007.47%
बेस्ट फाइनान्स-4,47,17,00010.19%-86,41,0003.98%

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?