National life

फाइनान्स कम्पनीहरूको मिश्रित विवरणः आठ कम्पनी नोक्सानीमा, सात कम्पनी नाफामा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१२ मंसिर २०८२, शुक्रबार
517Shares
फाइनान्स कम्पनीहरूको मिश्रित विवरणः आठ कम्पनी नोक्सानीमा, सात कम्पनी नाफामा
ncell

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरूले मिश्रित नतिजा सार्वजनिक गरेका छन् ।  १५ फाइनान्स कम्पनीले प्रकाशित गरेको विवरणअनुसार आठ कम्पनी नोक्सानीमा पुगेका छन् भने सात कम्पनी नाफामा देखिए पनि प्रायः सबैको नाफा घटेको छ । पहिलो त्रैमासिक वित्तीय विवरण अनुसा इम्पेरमेन्ट चार्जको उल्लेख्य रूपमा बढेको हो।

नाफामा रहेका फाइनान्स कम्पनीहरू

पहिलो त्रैमाससम्म खुद नाफा देखाएका सात कम्पनीमा मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिपर्पस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्स परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यीमध्ये जानकी फाइनान्सले उल्लेखनीय सुधार गर्दै गत वर्ष पहिलो त्रैमासमा २ करोड ३० लाख रुपैयाँभन्दा बढी नोक्सानी भोगेको थियो भने यस वर्ष नाफामा फर्किन सफल भएको छ। तर बाँकी छ कम्पनी नाफामा रहे पनि गत वर्षको तुलनामा सबैको नाफा घटेको छ।

नोक्सानीमा रहेका फाइनान्स कम्पनीहरू

पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र रिलायन्स फाइनान्स भने पहिलो त्रैमासिकमा खुद नोक्सानीमा परेका छन्। यीमध्ये प्रोग्रेसिभ फाइनान्स र गोर्खाज फाइनान्स गत वर्ष नाफामा थिए तर यस वर्ष इम्पेरमेन्ट चार्ज बढेपछि नोक्सानीमा पुगेका हुन्।

कसले कति नाफा–नोक्सानी गर्यो ?

सबैभन्दा बढी नाफा कमाउने मञ्जुश्री फाइनान्स हो, जसले ४ करोड ६३ लाख रुपैयाँभन्दा बढी नाफा कमायो। तर यो पनि गत वर्षको तुलनामा ५०.७६% ले घटेको छ। त्यस्तै, सबैभन्दा धेरै नोक्सानीमा भने रिलायन्स फाइनान्स परेको छ। गत वर्ष ५ करोड ७५ लाख रुपैयाँ नोक्सानी भोगेको कम्पनीको नोक्सानी यस वर्ष १८६.३८% ले बढेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?