National life

फागुनमा मात्रै कर्जा प्रवाह १५ अर्ब बढ्यो, माग सुस्त बन्दा तरलता थप चुलिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ चैत २०८२, बिहिबार
958Shares
फागुनमा मात्रै कर्जा प्रवाह १५ अर्ब बढ्यो, माग सुस्त बन्दा तरलता थप चुलिँदै
ncell

काठमाडौँ  । चालू आर्थिक वर्ष २०७८/७९ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जाप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले १५ अर्ब ७३ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन्। यसअघि माघ मसान्तसम्म कुल कर्जाप्रवाह ५१ खर्ब ५७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो भने फागुनमा यो ५१ खर्ब ७२ अर्ब ९५ करोड रुपैयाँमा पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ।

चालू आवको आठ महिनामा कुल कर्जाप्रवाह एक खर्ब ९८ अर्ब ४० करोड रुपैयाँले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा असारदेखि माघसम्म बैंकहरूको कर्जा आवागमनमा उतारचढाव भएको देखिन्छ। निक्षेपतर्फ पनि वाणिज्य बैंकहरूमा वृद्धि देखिएको छ। फागुनमा बैंकहरूले ५० अर्ब ७ करोड रुपैयाँ बढी निक्षेप संकलन गरेका छन्। चालू आवको आठ महिनामा कुल निक्षेप चार खर्ब ७३ अर्ब ७६ करोड रुपैयाँले बढेको छ। फागुनसम्म बैंकहरूको कुल निक्षेप ७० खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, फागुन मसान्तसम्म बैंकहरूको औसत सिडी रेसियो ७३.७३ प्रतिशत छ। बैंकहरूले अझै निक्षेपको १६.२७ प्रतिशत रकम कर्जाप्रवाह गर्न सक्ने अवस्था छ, जसको मूल्य ११ खर्ब ३९ अर्ब ७१ करोड रुपैयाँ अनुमान गरिएको छ। पछिल्लो समय कर्जाको माग कम हुँदा बैंकहरूमा तरलता उच्च रहेको छ।

राष्ट्र बैंकले हालै एकीकृत निर्देशन संशोधन गर्दै कृषि क्षेत्रमा कर्जाको न्यूनतम सीमा घटाएको छ। अब २०७९ पुसदेखि कृषिसहित पर्यटन, लघु, घरेलु, साना तथा मझौला उद्यम, ऊर्जा, सूचना प्रविधि, सञ्चार र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा न्यूनतम २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था लागू हुने छ। विकास बैंकले भने यी सबै क्षेत्रमा न्यूनतम २० प्रतिशत, र वित्त कम्पनीले १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो नीति लागू भएपछि बैंकहरूमा निर्देशित कर्जामा सीमा पालना गर्ने चुनौती सहज हुने र जरिवाना जोखिम घट्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
958SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?