National life
cg eloctronics

बजारमा तरलता बढेपछि आज २५ अर्ब खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
462Shares

काठमाडौँ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज साउन १४ गते बुधबार बजारबाट २५ अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् अपराह्न ३ बजे भित्र आवेदन दिईसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

आवेदन दिंदा घटीमा रु। १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ । प्राप्त आवेदनको आधारमा राष्ट्र बैंकले ६० अर्ब, सो भन्दा बढी वा सो भन्दा घटी रकम खिच्न सक्ने छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?