National life

बजारमा पानीको मूल्यमा अंकुश : विभागले तोक्यो निश्चित दर, मनोमानी गरे कारबाही हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.4kShares
बजारमा पानीको मूल्यमा अंकुश : विभागले तोक्यो निश्चित दर, मनोमानी गरे कारबाही हुने
ncell

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुँदै आएको प्लास्टिक बोतल र जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य MRP तोकेको छ ।

विभागले एक सूचना जारी गर्दै अबदेखि उपभोक्ताले तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने अवस्था अन्त्य गर्न यो व्यवस्था लागू गरिएको जनाएको छ।

सूचना अनुसार, काठमाडौँ उपत्यकाभित्र एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ तोकिएको छ । त्यस्तै, २० लिटरको जार पानीको अधिकतम मूल्य उपत्यकाभित्र ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ निर्धारण गरिएको छ ।

Royal Enfield
nic asia capital

विभागका अनुसार यो मूल्य निर्धारण उपभोक्ताको हित संरक्षण तथा बजारमा पारदर्शिता कायम गर्न गरिएको हो। विभागले यापारीहरूले तोकिएको दरभन्दा बढी मूल्यमा बिक्री वितरण गरेमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

पछिल्लो समयमा बजारमा प्रशोधित पानी मनलाग्दी दरमा बिक्री हुँदै आएको गुनासो बढेपछि विभागले स्थलगत अनुगमन र उपभोक्ताको सुझावका आधारमा नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

यससँगै विभागले बजार अनुगमनलाई अझ कडा बनाउने, बिक्री वितरणमा मूल्य टाँस अनिवार्य गर्ने र उपभोक्ताको प्रत्यक्ष गुनासो प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?