काठमाडौं । २४ भदौको जेनजी आन्दोलनमा बानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन्। दोलखाका दिपक श्रेष्ठ र सिराहा नरेश कुमार यादवलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको काठमाडौंका एसएसपी रमेश थापाले बताए।
उनीहरुमध्ये यादबसँग करिब चार लाख नगद र केही सुन पनि बरामद भएको प्रहरीले जनाएको छ । आन्दोलनको मौका छोपेर एक समुहले बैंकभित्र छिरेर करोडौंको नगद तथा सुन लुटेको थियो।































