National life
cg eloctronics

बाली बीमामा पाईलटिङ गर्दै यूनाईटेड अजोड, बजार अधिकृतको टार्गेटबिनै व्यवसाय ल्याईने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
803Shares
बाली बीमामा पाईलटिङ गर्दै यूनाईटेड अजोड, बजार अधिकृतको टार्गेटबिनै व्यवसाय ल्याईने
muktinatha bikash bank

काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले नयाँ प्रविधिमा आधारित भएर सिमिट इन्टरनेशनल, प्लान स्याट संस्थाहरुसँगको सहकार्यमा बाली बीमाको पाइलटिङ गर्ने भएको छ । कम्पनीले हालका लागि पश्चिममा विभन्न ६ वटा जिल्लामा बाली बीमाको एकसाथ सुरुवात गर्ने भएको हो।

यस्तो छ कम्पनीको योजना

४३ वटा सहकारीसँगको सहकार्यमा उक्त बीमा सम्पन्न हुन लागेको यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले बताएको छ । आगामी दिनमा वर्षमा लगातार उक्त बीमामा किसानहरुको जोखिम बहन गर्ने कम्पनीको मुख्य उदेश्य रहेको छ । माघ २९ तथा फागनु १ र २ गते यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम समेत संचालन गरेको थियो । ४७ जना प्राविधिकहरु सहभागी भएको उक्त तालिमको उदेश्य कृषकहरुलाई बीमा बुझाउँने र बालि बीमामा सहभागी गराउने रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले बाँके, बर्दिया, कैलाली, कञ्चनपूर, दाङ र कपिलवस्तुका किसानहरुलाई यो कार्यक्रममा सहभागी गराउँने भएको छ । ११ सय जना किसानहरुको सहभागीमा उक्त बीमा हुने भएको छ । न्यूनतम ११ सय रहे पनि अधिकम भने ७ हजारसम्मको बीमा हुने कम्पनीले जनाएको छ । कम्तीमा पनि ४ करोड बीमांक बराबरको बीमा हुने कम्पनीले जनाएको छ । अधिकतममा भने २० करोड रुपैयाँ बीमांक बराबरको बीमा हुने यूनाईटेड अजोड इन्स्योरेन्सले जनाएको छ ।

everest bank

सहकारीसँग आवद्ध किसानहरुले पनि खुशी व्यक्त गरेको कम्पनीले जनाएको छ । बीमा नभएका र सम्पत्तीका बीमा नगरेका साना देखि ठूला किसानहरुलाई कम्पनीले समावेश गर्न लागेको हो । दुई वटा फर्मको करिब पाँच, पाँच सय हेक्टर गरी हजार हेक्टर जमीनको बाली बीमा गर्न लागिएको हो । यो बीमा जम्मा दुईवटा पालिकाको मात्रै हो । त्यस्तै, लघु बीमा र ठूला बीमा गरी दुवै किसिमको बालीका जोखिमलाई कम्पनीले रक्षावरण गर्ने भएको हो ।

एक जना प्राविधिकले कम्तीमा पनि २५ जना किसानको बालि बीमा गर्ने कार्यक्रमको उदेश्य रहेको छ । सिमिट इन्टरनेशनलको सहयोग र प्लान स्याट नामक कम्पनीको तथा यूनाईटेड अजोड इन्स्योरेन्स गरी तीन कम्पनीको त्रिपक्षीय संयोजनमा यो उक्त बालि बीमा सम्पन्न हुन लागेको हो । मार्केटिङको टार्गेट नदिई आगामी वर्षमा यही मोडेलबाट २० करोड रुपैयाँ बराबरको बीमा गर्न लागिएको यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले जनाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?