National life

बिहिबारदेखि श्रमाधान रोजगार मेला शुरु हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
589Shares
बिहिबारदेखि श्रमाधान रोजगार मेला शुरु हुने
ncell

काठमाडौं । आगामी बिहिबार देखि ‘श्रमाधान रोजगार मेला’ शुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगर देखि मेलाको शुरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

मेला देशको सातै वटा प्रदेशमा आयोजना गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रत्येक प्रदेशमा दुई-दुई दिन सञ्चालन हुनेछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले बताए ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने उनले बताए ।

विराटनगरमा हुने रोजगार मेलामा करिब ५०० युवाले रोजगारी पाउने छन् : महासंघ

कोशी प्रदेशमा सञ्चालन हुने श्रमाधान रोजगार मेलामा करिब ५०० युवाले रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताएका छन् । मेलाको बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

विराटनगर प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको क्षेत्र भएकाले रोजगार मेलाको निकै ठूलो महत्व रहेको अध्यक्ष राउतले बताए । ‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, पारि ९भारतीय० का कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौं,’ उनले भने, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’

त्यस्तै, श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले कोशी प्रदेशमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘यो मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात हो,’ उनले भने, ‘अबको १५ वर्षपछि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ ।’

आगामी वर्षदेखि सातै प्रदेश र पालिका स्तरमा पुग्ने गरी बजेट विनियोजन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए । ‘मेला रोजगार दिने र माग्नेबीचको सेतु भएकाले स्थानीय स्तरसम्म यसलाई लैजान जरुरी छ,’ उपसचिव आचार्यले भने, ‘मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ ।’ मेलापछि मन्त्रालयले रोजगार बैंक बनाउने, जसमा रोजगारीका अवसर र प्रकृतिदेखि बेरोजगारको तथ्यांक र क्षमताबारे स्पष्ट उल्लेख हुने उनले बताए ।

श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।

जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा आयोजना हुने दुई दिने मेलाका लागि उद्योगी व्यवसायीलगातका ५० स्टल रहने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?