National life

बीमाकर्मी धनु अधिकारीले जन्मदिनमा गरिन् विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
516Shares
बीमाकर्मी धनु अधिकारीले जन्मदिनमा गरिन् विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण
ncell

काठमाडौं । कास्कीमा एक जीवन बीमाकर्मीले जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएकी छिन् । पछिल्लो समयमा जन्मदिनलाई रचनात्मक कार्यसँग जोड्ने परम्परा बढ्दै गएको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. कास्की शाखाबाट जीवन बीमा व्यवसाय गर्दै आएकी एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर धनु अधिकारीले आफ्नो जन्मदिनको अवसरमा मादी गाउपालिका वडा नम्बर पाँच, ठूलास्वाँरा स्थीत श्री विद्या ज्योती आधारभुत विद्यालयका बालविकास तहदेखि आठकक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम बहादुर गुरङको अध्यक्षता, वडा अध्यक्ष हुमनाथ अधिकारी विशेष अथित्य, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कास्की शाखा प्रमुख लक्ष्मण थापा आतिथ्यमा मुकुन्द कुवरले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रमका वक्ता विद्यालयका प्रधानाध्यापक महेन्द्र पौडेलले समाजमा जन्मदिन बिशेषलाई महङ्गा, भड्किला बन्दै आएको समयमा यसरी सरकारी तवरवाट सञ्चालित विद्यालयमा विद्यार्थीकालागि शैक्षिक सामग्री हस्तान्तरण गरि सामाजिक सेवाभाव व्यक्त गरेकोमा धनु अधिकारीलाई बधाई तथा जन्म दिनको शुभकामना व्यक्त गरेका थिए भने यो कार्यक्रमको समन्वय गरिदिएकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कास्की शाखालाई धन्यवाद दिएका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?