National life

बीमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो : अध्यक्ष सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ भदौ २०८१, मङ्गलबार
680Shares
बीमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो : अध्यक्ष सिलवाल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन रू। दुई करोड छुट्याएको जानकारी हुँदै अन्य प्रदेशमा शुरू गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए ।

मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्नुहुँदै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने बताए ।

अध्यक्ष सिलवालले भने, “बीमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो, अब अनुदानलाई बीमामा रूपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बीमा गर्नुपर्छ, बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ ।”
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?