काठमाडौं । पछिल्लो समय जीवन बीमाको महत्व दैनिक बढ्दै गएको पाइन्छ । एक त विश्वमा जोखिम बढ्दो क्रममा रहेकाले पनि बीमाको अपरिहार्यता बढ्न थालेको अवस्था छ । अर्को भनेको आर्थिक सहायता दिने भएकाले बीमा अन्य सेवाभन्दा फरक पनि मानिन्छ ।
जीवन बीमा भनेको कुनै पनि व्यक्तीको बीमा हो ।
त्यस्तै,जीवन बीमा छोटो अवधिदेखी २५,३० वर्षे अवधिका लागि गर्न सकिन्छ । यसरी बीमा गर्दा नागरिकहरुले १,२ लाखदेखि लाखौ, करोडौं रकमसम्मको बीमा गर्दै आएका छन् । बीमा गरेको अवधिमा बीमितलाई केही भएमा निजको हकवाला वा तोकिएको नातेदारले बीमाको रकम पाउने गर्छन् । त्यस्ता व्यक्तीलाई नोमिनि भन्ने गरिन्छ । साथै,बीमा गराएपछि बीमितले आफ्नो बीमा अवधिभर कुनै भवितव्य व्यहोर्नु परेन वा भनौ उनीहरु सकुशल रहेको अवस्थामा जीवन बीमाले बोनश रकम समेत दिनेगर्छ । त्यसरी बीमाले दिने बोनशमा धेरै जनाको आकर्षण रहदै आएको छ । यद्यपी बीमा भनेको बोनसको लोभले नभई उनीहरुको कस्तो प्रकृतिको जोखिममा छन् त्यसलाई बहन गर्न गरिन्छ । बीमाको मुल सिद्धान्त र उदेश्यका बारेमा अहिलेसम्म धेरै जना नागरिकहरुलाई सामान्य कुराहरु पनि थाहाँ छैन । यसले गर्दा बीमा गराएको केही वर्षमा नै बीमितहरुले आफ्नो बीमालेख सरेण्डर गर्ने गर्छन् । त्यसलाई बीमाको भाषामा समर्पण समेत भन्ने गरिन्छ ।
बीमालेख समर्पण गर्दा बीमितहरुलाई फाइदा हुँदैन । उनीहरुले आफ्ना ठूला जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तर गरिसके पनि फेरी सोही जोखिम आफूले लिनु भनेको उनीहरुले बीमालेख समर्पण गर्नु हो । आफ्नो जोखिम बहन गरेर दुखमा साथ दिने बीमालाई बुझ्न नसक्नु भनेको कि त बीमितले बीमा नबुझेको अवस्थामा हुनसक्छ या भनौ बीमा कम्पनी वा सरोकारवालाहरुले बीमा बुझाउन नसकेको अवस्थामा हुनसक्छ ।
अब जीवन बीमाको चलन नेपालमा नभई विकसित देशहरु अझ बढी प्रचलित भएको पाइन्छ । यसबाट के बुझिन्छ भने पछिल्लो समय बीमा विकसित समाजको एउटा पाटो समेत बनेको अवस्था छ । हाल जीवन बीमा गराउँदा घातक रोग सुविधा तथा अन्य सेवा सुविधाहरु पनि बीमा कम्पनीहरुले दिने गरेका छन् । बीमाका बारेमा जानकारी राख्ने र बीमा गराउने दुवैले आफ्नो जोखिमबाट आफूलाई जोगाउन सक्छन् । अहिले जीवन बीमा हरेकलाई आवश्यक बन्दै गएको अवस्था छ ।
जीवन बीमामा अहिले रिटायर्ड स्किमहरु पनि संचालनमा छन् । त्यस्ता स्किमले कसैले जीवन बीमा गरेरका छन् र उनीहरुको उमेर हद ढल्कदै गएको अवस्थामा जीवन बीमाले आजीवन पेन्सको व्यवस्था समेत गर्ने गरेका छन् । त्यसरी नै बीमाको निश्चित अवधि सक्किएपछि पनि बीमितहरु बाचुन्जेलसम्म बीमाले जोखिम कभर गर्ने व्यवस्थाहरु छन् । यसरी हेर्दा जति छिटो जीवन बीमा गरायो त्यति नै धेरै सुविधा पाउने अवसरहरु पनि देखिन्छन् । यस हिसाबले जीवन बीमा हरेक व्यक्तीको जीवनमा आवश्यक बन्दै गएको देखिन्छ । अझ बीमा गराएका व्यक्तीले अर्को व्यक्तीलाई पनि यसको महत्वको बारेमा बुझाउदा समाजमा रहेका धेरै जोखिमहरु म्युचुअल रुपमा समाधान हुने देखिन्छ । बचत र रक्षावरण नै जीवन बीमाको सिद्धान्त हो ।






































