National life

बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या गर्ने ४ जनालाई ८ वर्ष कैदको फैसला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
633Shares
बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या गर्ने ४ जनालाई ८ वर्ष कैदको फैसला
ncell

काठमाडौँ । कागजीरुपमा पति बनाई ठुलो रकमको इन्सुरेन्स गराई हत्या गरी इन्सुरेन्सको रकम बुझ्ने सपना मल्लसहित ५ जना सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार कागजी पत्नी सपना मल्लसहित ५ जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सम्पत्ति शुद्धीकरणको कसुरमा मल्लसहित ५ जनालाई दोषी ठहर गर्दै कैद र जरिवाना समेत सुनाएको छ ।

विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार प्रतिवादीहरू सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँलाई जनही ८ वर्ष कैद हुने फैसला सुनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष अदालतले प्रतिवादी सपना मल्ललाई ७२ लाख १८ हजार, प्रतिवादी सञ्जीव अर्याललाई ८० लाख ३६ हजार, दीपक केसीलाई ६० लाख र सरदार अहमद खाँलाई २० लाख बिगो कायम गरी सबै प्रतिवादीको हकमा त्यसको दोब्बर जरिवाना हुने फैसला समेत सुनाएको छ ।

प्रतिवादी रूपक राना भन्ने टोपबहादुर राना क्षेत्रीले अपराधमा मतियारको भूमिका निभाएको भन्दै रानालाई मुख्य प्रतिवादीको आधा सजाय गर्दै ४ वर्ष कैद र ३६ लाख ९ हजार बिगो कायम गरी त्यसको दोब्बर जरिवाना हुने फैसला सुनाएको हो ।

त्यस्तै फैसलामा प्रतिवादीहरू सपना मल्ल, सञ्जीव अर्याल र दीपक केसीको नाममा रोक्का रहेको बैंक खाताको रकम र प्रतिवादी सरदार अहमद खाँको नामको कित्ता नम्बर ७६ को जग्गा तथा प्रतिवादी छवि कुमारी खत्रीको नामको कित्ता नम्बर २११ को जग्गा समेत जफत हुने फैसला गरिएको छ ।

यस्तो थियो घटना

२०७८ साल वैशाख २ गते राति ११ बजे बाँकेको वैजनाथ गाउँपालिका ६ लालपुरको भित्री सडकमा टोपबहादुर राना क्षेत्रीले चलाएको माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार सर्जन विकको मृत्यु भएको थियो । मृत्युपछि उनको बीमा दाबी गरी उनकी पत्नीले लिएकी थिइन् । तर सर्जनले विवाह नै नगरेको र कहिल्यै पनि श्रीमती घरमा नआएको भन्दै परिवारले उजुरी गरेपछि त्यस विषयमा छानबिन हुँदा हत्याको योजना बनाएर ठुलो रकमको बीमा गरिएको र बीमा भुक्तानी समेत लिई बाँडफाँड गरिएको खुलेको थियो । त्यसपछि प्रतिवादीहरूलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

प्रतिबारीहरू सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँले आपराधिक समूह बनाई योजनाबद्ध रूपमा सर्जन विक र प्रतिवादी सपना मल्लबिच २०७७ फागुन २८ गते विवाह दर्ता गराइएको थियो । सोही मितिमा उनीहरुले सर्जन विकको नाममा रिलायन्स लाइफ इन्स्योरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गराइएको थियो ।

रिलायन्स इन्सुरेन्सका एजेण्ट रहेका सरदार अहमद खाँको सहयोगमा सपना मल्लले विवाह भएको भनी इन्सुरेन्सको रकम दाबी गर्ने प्रयोजनका लागि श्रीमती बनी आपराधिक कार्यमा सहभागी भएकी थिइन् । अर्का प्रतिवादी सञ्जीव अर्याल र दीपक केसीले बीमित सर्जन विकको सडक दुर्घटनामा मृत्यु भएपछि २ करोड ५० लाख बीमा रकम भुक्तानी लिन सहप्रतिवादी सपना मल्ललाई काठमाडौँसम्म ल्याई बीमा भुक्तानी लिई सो रकम मिलेर आपसमा बाँडफाँड गरिएको थियो ।

सर्जनको हत्या गराउन सरदार अहमद खाँले सर्जन विकलाई मदिरा खुवाई मोटरसाइकल दिई रातको समयमा अन्यन्त्र पठाएका थिए भने योजना मुताबिक रूपक राना भन्ने टोपबहादुर राना क्षेत्रीले चलाएको माइक्रोबसबाट ठक्कर दिई विकको हत्या गरिएको थियो ।

प्रतिवादीहरुको सामूहिक योजना, तयारी, मनसाय र आपराधिक कार्यबाट सर्जन विकको मृत्यु भएको र उनको हत्या गराई पूर्व योजना मुताबिक बीमा रकम बुझी एक आपसमा बाँडी लिएको देखिएको कारण यसले अपराधको गम्भीरता समेत बढाएको विशेषको फैसलाको संक्षिप्त टिपोटमा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?