National life

बीमा जगतमा आइडलका रूपमा मानिने केबी बस्नेतको ८४औं वर्षमा निधन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
442Shares
बीमा जगतमा आइडलका रूपमा मानिने केबी बस्नेतको ८४औं वर्षमा निधन 
ncell

काठमाडौँ । नेपाली बीमा क्षेत्रको कुशल बीमा प्रशासक के बी (कृष्ण बहादुर) बस्नेतको ८४औं वर्षको उमेरमा निधन भएको छ ।

बस्नेतको आज बिहान ११ः३० बजे निधन भएको छ । केही समयदेखि पेट सम्बन्धी रोगले बिरामी परेका बस्नेतको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। बस्नेतको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको समेत परिवारले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाली बीमा जगतमा आईडल व्यक्तित्वको रूपमा लिइने बस्नेतको मृत्युले धेरैलाई स्तब्ध बनाएको छ । जीवनको लामो उमेर बीमा क्षेत्रको विकासको लागि खर्चिएका बस्नेतले नेपालमा बीमा कम्पनीको अभावमा भारतीय कम्पनी दि ओरियन्टल कम्पनीको शाखा भित्राउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको सिईओबाट अवकाश लिएर रिटायर्ड लाइफ बाचिरहेका बस्नेतको ८४औं वर्षको उमेरमा निधन भएको छ । बस्नेतले सिद्धार्थ इन्स्योरेन्स कम्पनी स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीलाई अब्बल बनाउन उनको ऐतिहासिक भूमिका रहेको मानिन्छ । स्वर्गीय बस्नेतका दुई छोरा र एक छोरी रहेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?