काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाज गर्नु हुने भएको छ ।
बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवाललाई उमेर हदसम्बन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सिलवालको पद स्वतः पदमुक्त भएको थियो ।
बीमा ऐन २०७९ को दफा ९६० बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा कामकाज गर्न तोकिएका हुन् ।






































