National life
cg eloctronics

बीमा प्राधिकरणको कार्यकारी निर्देशक बन्न रस्साकस्सी,कस्ले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० जेठ २०८१, आइतबार
1.3kShares
बीमा प्राधिकरणको कार्यकारी निर्देशक बन्न रस्साकस्सी,कस्ले मार्ला बाजी ?
ncell

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण अहिले कार्यकारी निर्देशक (ईडी) बिहीन अवस्थामा गुज्रिरहेको छ । केही दिन अघि उमेर हदका कारण राजुमरण पौडेल बाहिरीएसँगै सो पद रिक्त रहेको हो ।

अहिले बीमा क्षेत्रमा नयाँ कार्यकारी निर्देशक को बन्लान ? भन्ने विषय चर्चामा छ । कार्यकारी निर्देशकको लागि अग्रपंक्तीमा या सम्भावित उमेद्धारमा तीन जना देखिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्देशक कमलराज रेग्मी, निर्देशक पुजन ढुंगेल अधिकारी तथा निर्देशक सुशिलदेव सुवेदी गरी तीन जना संभावित कार्यकारी निर्देशक पदका उमेद्धारहरु हुन् । हाल बीमा प्राधिकरणको निर्देशक छान्ने पूर्ण अधिकार वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालकै हातमा छ । सिलवालले ठाडै नियुक्त गर्न सक्ने पदमा अब को बल्लान ? भन्ने प्रश्न झनै रहस्यको विषय बनेको छ । यस बाहेक अन्य कतिपय निर्णयहरुका लागि भने अध्यक्ष सिलावलले समेत अर्थमन्त्रालयको सहारा लिनै पर्ने हुन्छ ।

कमलराज रेग्मी विगत एक दशकदेखि बीमा प्राधिकरण तत्कालिन (बीमा समिति) मा निर्देशक बन्न सफल भएका कमलराज रेग्मी बीमा प्राधिकरणको कार्यकारी निर्देशक बन्ने कुरामा दुई मत छैन । एकातिर जेष्ठता, अर्कातिर कार्यसम्पादन र अनुभवको हिसाबले आजको दिनमा उनै रेग्मी ईडी बन्ने पक्का छ । तर,जनसम्पर्कमा आधारमा भने उनी लामो समय प्राधिकरणकै भूमिमा रहेर पनि खासै चर्चामा आउँन नसेकेको आरोप पनि उनी माथि लाग्ने गरेको छ । व्यक्तीगत रुपमा सरल विचारधारा भएका रेग्मी अरुको आनीबानीको आधारमा भने खासै चल्न नसक्ने पाइन्छ । यस आधारमा उनी ईडी भईहाले पनि उनलाई बीमा प्राधिकरणको उच्च ओहोदामा रहेर नयाँ-नयाँ व्यक्तीहरुसँग घुलमिल हुन भने केही समय लाग्ने देखिन्छ ।

पुजन ढुंगेल (अधिकारी) अधिकारी बीमा प्राधिकरणको कार्यकारी निर्देशकको लागि परिपक्क पात्र मानिन्छिन् । महिला कर्मचारीको हकमा निर्देशक बनेको जम्मा चार वर्षे अवधिकै काफी हुने भएकाले पनि उनको लागि पनि कार्यकारी निर्देशकको ढोका खुला छ । साढे चार वर्ष निर्देशक बनिसकेकी उनले बीमा प्राधिकरणको कार्यकारी निर्देशक बन्न सक्षम रहने देखिन्छ।

सुशिलदेव सुवेदी हाल सुवेदीको परिचय बीमा क्षेत्रमा विभन्न विभागसँग जोडिएको छ । उनी इन्स्योरेन्स इन्टिच्युटका वर्तमान प्रमुख कार्यकारी (सीईओ) समेत हुन् । हालसालै उनले बीमा प्राधिकरणको प्रवक्ताको पनि जिम्मेवारी पाएको अवस्था छ। तर, जे होस् धेरै वटा शाखाहरको एकसाथ जिम्मेवारी लिएको सन्दर्भमा बीमा प्राधिकरणका कर्मचारीहरुले नाम लिइरहदा उनको कार्यकारी निर्देशक बन्न पाँच वर्ष अवधि पूरा भएको देखिदैन । सो अवधि पूरा गर्न अझै तीन महिना बाँकी रहेकाले पनि सुवेदी कार्यकारी निर्देशक बन्ने कुरा ठ्याक्कै भन्न सक्ने अवस्था छैन।

nic asia capital

त्यस्तै, हाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल कर्णको भने यही आर्थिक वर्ष अगावै उमेर हदका कारण पदबाट अवकाश थाप्नु पर्ने भएकाले उनको कार्यकारी निर्देशक हुने सम्भावना टरेको छ। उनलाई पनि ईडीका लागि सक्षम व्यक्तीको रुपमा गन्तिमा राखिदै आएको थियो ।

बीमा प्राधिकरणका उच्च कर्मचारीहरु रुष्ट नेपाल बीमा प्राधिकरणका उच्च कर्मचारीहरुको भने छुट्टै गुनासो छ । जो कोही कार्यकारी निर्देशक बने पनि आफूहरुलाई फरक नपर्ने तर काम भने छिटो हुनुपर्ने उनीहरुले गुनासो गरेका हुन् । मर्यादाक्रम अनुसार एकजना कार्यकारी निर्देशक बन्ने वित्तीकै फेरी अर्को एकजना व्यक्तीले निर्देशक बन्ने अवसर पाउँने देखिन्छ । निर्देशक बन्न एकदिन ढिलाई भए भोलि उनीहरुलाई कार्यकारी निर्देशक बन्ने कुरामा बाधा, अडचन नआउँला भन्ने अवस्था रहदैन । सोही कारण बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई एकातिर तत्कालै कार्यकारी निर्देशक छनोट गर्नु पर्ने दबाब छ भने अर्कातिर कोही मनले खाएका वा विचार गरेर निर्देशक तान्ने अवसरमा लामो समय खर्चिने कुनै फुर्सत नै छैन ।

बीमा प्राधिकरणले तुरुन्तै कार्यकारी निर्देशक छनोट गरोस् र जोकोही पदमा आए पनि कार्यभार सम्हाल्ने कुराले तिव्र गति लिओस् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?