National life
cg eloctronics

त्रिभुवन विश्वविद्यालय र बीमा प्राधिकरण बीच बीमा सम्बन्धी अनुसन्धान गर्ने समझदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
590Shares
त्रिभुवन विश्वविद्यालय र बीमा प्राधिकरण बीच बीमा सम्बन्धी अनुसन्धान गर्ने समझदारी
muktinatha bikash bank

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धी समझदारी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका भएको समझदारीको अवधि चार वर्षको रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरुको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान) का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्रोत व्यक्ति उपलब्ध गराउने र बीमा बजारको आवश्यकताका आधारमा बीमाङ्की विज्ञानको पाठ्यक्रम परिमार्जन गर्न सहयोग गर्ने उल्लेख छ ।

यसैगरी, नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमा सम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमूनाहरुको विकास सम्बन्धी अनुसन्धानमा साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?