National life

बैंकले सजिलै शेयर किनबेच गर्न पाउने,यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ असोज २०८२, बुधबार
1KShares
बैंकले सजिलै शेयर किनबेच गर्न पाउने,यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था
ncell

काठमाडौं । बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।

त्यस्तै, सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

'सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ ।' संसोधित व्यवस्थामा उल्लेख गरिएको छ-'बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठितसंस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्।

Royal Enfield
nic asia capital
धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइनेछैन ।'

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?