National life

बैंकहरुको सुनचाँदी धितो कर्जा ४२%ले वृद्धि , १० बैंकले बढाउँदा छ बैंक निष्क्रिय

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ मंसिर २०८२, आइतबार
558Shares
बैंकहरुको सुनचाँदी धितो कर्जा ४२%ले वृद्धि , १० बैंकले बढाउँदा छ बैंक निष्क्रिय
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो कर्जामा उल्लेख्य वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो कर्जा ४२.३१ प्रतिशतले बढेको छ।

केन्द्रीय बैंकका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखेर ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो रकम गत आवको सोही अवधिको ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ भन्दा २५ अर्ब ६९ करोड रुपैयाँ बढी हो।

त्यसैगरी, वाणिज्य बैंकहरुले मात्र चालु आर्थिक वर्षको तीन महिनामा ८० अर्ब ७ करोड ४० लाख रुपैयाँको सुन–चाँदी धितो कर्जा प्रवाह गरेका छन्। यो रकम गत आवको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढेको हो। वाणिज्य बैंकमध्ये सबैभन्दा बढी सुनचाँदी कर्जा प्रवाह गर्ने बैंक नेपाल बैंक रहेको छ। उक्त बैंकले यस अवधिमा ३८ अर्ब २१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६०.३५ प्रतिशत (१४ अर्ब ३८ करोड ३० लाख रुपैयाँ) बढी हो।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सुनचाँदी धितो कर्जा ३४.७३ प्रतिशत (७ अर्ब २३ करोड १० लाख रुपैयाँ) ले बढेको छ। यस बैंकले चालु आवमा २८ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ। अन्य बैंकहरुमा प्राइम कमर्सियल बैंकले ७ अर्ब २७ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६७ करोड ४० लाख, र नविल बैंकले २ अर्ब १० करोड २० लाख रुपैयाँ सुन–चाँदी धितो कर्जा प्रवाह गरेका छन्।

गत आवको सुरुको तीन महिनाको तुलनामा चार वाणिज्य बैंकको सुन–चाँदी कर्जा घटेको छ भने १० बैंकको बढेको छ। कर्जा घट्ने बैंकहरुमा कृषि विकास बैंक (८१.२५%), प्रभु बैंक (९३.४२%), एनआइसी एसिया बैंक (५०%), र एनएमबि बैंक (७१.०१%) समावेश छन्।

nic asia capital
त्यस्तै, छ वटा बैंकले यो अवधिमा सुन–चाँदी धितोमा कर्जा प्रवाह गरेका छैनन्। समावेश नगर्ने बैंकहरुमा एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, गलोबल आइएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक, र नेपाल एसबीआई बैंक रहेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?