National life

बैंकहरुमा आजदेखि नयाँ ब्याजदर लागु : कुन बैंकले कति दिँदैछन् ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
468Shares
बैंकहरुमा आजदेखि नयाँ ब्याजदर लागु : कुन बैंकले कति दिँदैछन् ? (सूचिसहित)
ncell

काठमाण्डौ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेको देखिएको छ ।

भदौ महिनामा औसत ५.५७७ प्रतिशत रहेको अधिकतम ब्याजदर असोजमा झरेर ५.४६३५ प्रतिशतमा पुगेको छ ।

Royal Enfield
nic asia capital
यस अवधिमा ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको हो । असोजका लागि सार्वजनिक ब्याजदरअनुसार ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १० वटाले यथावत् कायम राखेका छन् । त्यस्तै, २ वटाले भने ब्याजदर बढाएका छन् ।

ब्याजदर घटाउने बैंकमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् । यीमध्ये प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकले समान ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले ब्याजदर बढाएका छन् ।असोज महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंक, माछापुच्छे बैंक, एनएमबि बैंक र ग्लोबल आइएमई बैंकले समान ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर निरन्तरता दिएका छन् । ब्याजदरमा आएको यो परिवर्तनले निक्षेपकर्ताको आकर्षण र लगानीकर्ताको मनोविज्ञानमा कस्तो असर पार्ने भन्नेबारे चासो बढेको देखिन्छ ।























































































































































बैंकहरु२०८२ असार२०८२ साउन२०८२ भदौ२०८२ असोज
नबिल५.७५५.५५.५५.५
नेपाल इन्भेष्टमेन्ट मेगा५.५५.२५५.२५५.२५
माछापुच्छ्रे६६६६
हिमालयन६.२५६६६
नेपाल एसबिआई५.५५.३५५.२५५.१८
एभरेष्ट६.५५६.२५५.७५५.२५
एनआईसी एसिया६.५५६.२५६.२५६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२६५.१३५.१८
लक्ष्मी सनराइज५.७५५.५५५.२५
कुमारी५.५१५.४१५.२१५.०१
सिद्धार्थ५.७५५.७५५.५५.५
सानिमा६.३३६.१८५.७५५.२५
एनएमबि६६६६
प्रभु६.१५.३५५.३५५.३५
ग्लोबल आइएमई६६६६
सिटिजन५.६५५.५५.५५.२५
प्राइम कमर्सियल६.२५६६५.५
कृषि विकास५.४५५.४५.२५.०५
नेपाल बैंक५.४५५.४५.४५.२५
राष्ट्रिय वाणिज्य बैंक६५.५५.५५.५

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?