National life

बैंकहरूले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
544Shares
बैंकहरूले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?
ncell

काठमाडौं । लामो समयदेखि आर्थिक मन्दीको चपेटामा अड्किएको निर्माण क्षेत्र अब पुनः गति लिन थालेको छ। अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधारसँगै जलविद्युत्, सडक,पुलदेखि भवन निर्माणसम्म ठप्पजस्तै बनेको उद्योग फेरि चलायमान बनेको हो।

निजी क्षेत्रको चर्को सक्रियता,सरकारी सहुलियत र कानुनी सुधारले लगानी प्रवाहलाई हौसला दिएको छ। बैंकिङ प्रणालीबाट ऋण सहज भएपछि ठूला–ठूला आयोजनामा पूँजी बढेको छ।

Royal Enfield
nic asia capital

नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार,गत आर्थिक वर्ष २०८१/८२ मा मात्र २० वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशत बढी हो । केवल एक वर्षमै २१ अर्ब १४ करोड ८५ लाख रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।

लगानीमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ (२४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ) त्यसपछि एनआईसी एशिया (२२ अर्ब ४ करोड), लक्ष्मी सनराइज १९ अर्ब ८६ करोड, कुमारी बैंक १५ अर्ब ८७ करोड, सिटिजन्स १५ अर्ब ४९ करोड र प्रभु बैंक १३ अर्ब ९८ करोडसँगै अन्य बैंकहरूले पनि उल्लेख्य लगानी बढाएका छन् ।

यद्यपि चार बैंकको कर्जा प्रवाह घटेको छ, समग्रमा भने निर्माण क्षेत्रमा आएको सक्रियता निर्णायक बनेको छ। यो चहलपहलले रोजगारी सिर्जना, आन्तरिक माग विस्तार र बैंकिङ कारोबारमा तातोपन थपेको छ-जसलाई अर्थतन्त्र पुनर्जीवनतर्फ मोडिएको बलियो संकेत मानिन्छ।

ठूला लगानी गर्ने बैंकहरू




  • नबिल बैंक : २४ अर्ब ८२ करोड ९० लाख (+६.२२%)




  • एनआईसी एशिया बैंक : २२ अर्ब ४ करोड ३५ लाख (+४९.२२%)




  • लक्ष्मी सनराइज बैंक : १९ अर्ब ८६ करोड ७२ लाख (+१८.५२%)




  • कुमारी बैंक : १५ अर्ब ८७ करोड (+१८.५२%)




  • सिटिजन्स बैंक : १५ अर्ब ४९ करोड




  • प्रभु बैंक : १३ अर्ब ९८ करोड




  • प्राइम बैंक : १३ अर्ब ४५ करोड




  • कृषि विकास बैंक : १२ अर्ब ५५ करोड




    मध्यमस्तरको लगानी




  • ग्लोबल आइएमई बैंक : ९ अर्ब ५ करोड




  • स्टान्डर्ड चार्टर्ड बैंक : ८ अर्ब ७८ करोड




  • माछापुच्छ्रे बैंक : ७ अर्ब ८९ करोड




  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : ७ अर्ब ३९ करोड




  • सानिमा बैंक : ७ अर्ब २८ करोड




  • एनएमबी बैंक : ६ अर्ब ३१ करोड




  • सिद्धार्थ बैंक : ४ अर्ब ८२ करोड




  • एभरेष्ट बैंक : ३ अर्ब ८९ करोड




  • राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब ७८ करोड




    न्यूनतम लगानी गर्ने बैंकहरू




  • नेपाल बैंक : ३ अर्ब ३८ करोड




  • हिमालयन बैंक : २ अर्ब ३८ करोड




  • नेपाल एसबिआई बैंक : ९१ करोड ६० लाख



    यो समाचार शेयर गर्नुहोस्
    544SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?