National life

बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा एकै दिन १ अर्बको वृद्धि, कर्जा प्रवाहमा भने उत्साह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ भदौ २०८२, बिहिबार
998Shares
बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा एकै दिन १ अर्बको वृद्धि, कर्जा प्रवाहमा भने उत्साह
ncell

काठमाडौँ। बैंकिङ्ग प्रणालीमाको निक्षेप संकलनमा वृद्धि भएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार भदौ १ गतेको तुलनामा भदो २ गते निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेर ७२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो दिन कुल निक्षेप संकलन ७२ खर्ब ३६ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेर ६४ खर्ब ८३ अर्ब रुपैयाँ पुग्दा अन्य बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ ।

Royal Enfield
nic asia capital
यो निक्षेप भने स्थिर हो ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलनमा वृद्धि आउँदा यता, कर्जा प्रवाहमा भने उत्साह देखिएको छ। एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ । भाद्र १ गते ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भाद्र २ गते ५५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो ।

यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ६७ अर्ब रुपैयाँ पुग्दा अन्य बैंक तथा वित्तीय संंस्थाहरुको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सिडी रेसियो ७६.१७ प्रतिशतबाट बढेर ७६.२३ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने स्थिर रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?