National life
cg eloctronics

बैंकिङ क्षेत्रको कुल निक्षेपमा सामान्य गिरावट, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
617Shares
बैंकिङ क्षेत्रको कुल निक्षेपमा सामान्य गिरावट, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर
muktinatha bikash bank

काठमाडौँ। बैंकिङ क्षेत्रको कुल निक्षेपमा सामान्य गिरावट आएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

केन्द्रीय बैंकको तथ्यांक अनुसार एकै दिनमा कुल निक्षेप १ अर्ब रुपैयाँले घटेर ७२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। जुन अघिल्लो दिन ७२ खर्ब २७ अर्ब रुपैयाँ थियो ।यो गिरावटमा वाणिज्य बैंकहरुको निक्षेपमा आएको कमीको प्रभाव देखिएको छ ।

वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन निक्षेप रकम ६४ खर्ब ७५ अर्ब रुपैयाँ थियो । यद्यपि ख र ग वर्गका अन्य बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप भने ७ खर्ब ५३ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

everest bank

कुल कर्जा लगानी ५५ खर्ब ६५ अर्ब रुपैयाँमा स्थिर रहेको छ । यसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ४४ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । दुवैको कर्जा प्रवाहमा परिवर्तन भएको छैन ।

निक्षेप संकलनमा आएको कमी र स्थिर कर्जा लगानीको फलस्वरूप बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात सीडी अनुपातमा भने झिनो सुधार वृद्धि भएको छ । सीडी अनुपात ७६.०१ प्रतिशत बाट बढेर ७६.०३ प्रतिशत पुगेको छ ।

पछिल्ला दिनहरुमा पनि निक्षेप संकलन घट्ने र कर्जा प्रवाह सामान्य बढ्ने प्रवृत्ति देखिएको छ । यद्यपि हालको तथ्यांकले बैकिङ प्रणालीमा ठूलो उतारचढाव नभएको संकेत गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बैंकिङ क्षेत्रको कुल निक्षेपमा सामान्य गिरावट, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा स्थिर | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस