National life

बैंकिङ क्षेत्रमा दबाब : साउनमै १ करोड २० लाखले बढ्यो गैरबैंकिङ सम्पत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
520Shares
बैंकिङ क्षेत्रमा दबाब : साउनमै १ करोड २० लाखले बढ्यो गैरबैंकिङ सम्पत्ति
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाहरूमा थप १ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति (एनपीए) थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा यो सम्पत्ति वृद्धि भएको हो।

विशेषगरी खराब कर्जा असुली प्रभावकारी नहुँदा गैरबैंकिङ सम्पत्ति बढिरहेको देखिन्छ। कर्जाको माग नबढ्नु, कर्जा प्रवाह सुस्त हुनु र निक्षेप निरन्तर बढ्दा बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भएको विश्लेषण गरिन्छ।

Royal Enfield
nic asia capital
अर्कोतर्फ, नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनलाई तीव्र पारेकाले पनि बैंकहरूमा दबाब बढेको हो।

राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको साउनसम्म कुल गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८१/८२ को असार मसान्तमा यो ५० अर्ब ५५ करोड १० लाख रुपैयाँ थियो।

वाणिज्य बैंकहरूको एनपीएल साउन महिनासम्म ४.४४ प्रतिशत पुगेको छ। उनीहरूको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ८० करोड रुपैयाँ छ, जुन अघिल्लो असारमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ थियो। विकास बैंकहरूको औसत एनपीएल ५.०३ प्रतिशत कायम छ भने गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो असारमा यो ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँ थियो।

फाइनान्स कम्पनीहरूको अवस्था अझै कमजोर देखिएको छ। उनीहरूको एनपीएल साउन महिनामा ११.०५ प्रतिशत पुगेको छ। गैरबैंकिङ सम्पत्ति अघिल्लो असारमा ३ अर्ब ९ करोड १० लाख रुपैयाँ रहेकामा साउनमा घटेर ३ अर्ब ७ करोड रुपैयाँमा झरेको छ। समग्रमा, कर्जा असुलीमा सुधार नआएसम्म गैरबैंकिङ सम्पत्ति अझ बढ्ने संकेत देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?