National life

बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
863Shares
बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन
ncell

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले आज पुस १६ गते २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरेको छ। बजारबाट अतिरिक्त पैसा तान्ने उद्देश्यसहित केन्द्रीय बैंकले एक वर्ष अवधिको ऋणपत्र बोलकबोलमार्फत निष्कासन गरेको हो।

राष्ट्र बैंकका अनुसार निष्कासन गरिएको ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ रहेको छ। उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस १६ गते हुने तथा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ।

ऋणपत्रमा बोलकबोल गर्दा एकल ब्याजदर वा बहुब्याजदर दुवै माध्यम प्रयोग गर्न सकिनेछ। यस बोलकबोल प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरू सहभागी हुन पाउनेछन्।

आह्वान गरिएको रकमको बाँडफाँट गर्दा पेश गरिएका बोलपत्रहरूलाई ब्याजदरको आधारमा न्यूनदेखि उच्च क्रममा क्रमबद्ध गरिनेछ। आह्वान गरिएको कुल रकम वा समितिले निर्धारण गरेको बाँडफाँट सीमासम्म कायम हुने उच्चतम ब्याजदरलाई एकल ब्याजदर मानी सोही दर तथा सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने संस्थाहरूलाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

यसअघि पनि नेपाल राष्ट्र बैंकले पुस १४ गते २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरेको थियो। पछिल्ला दिनहरूमा बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले लगातार यस्ता उपकरण प्रयोग गरिरहेको देखिन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
863SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?