National life

बैंक तथा वित्तीय संस्थाको कुल सम्पत्ति ११८ खर्ब पुग्यो, कस्तो छ अन्य वित्तीय क्षेत्रको अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
500Shares
बैंक तथा वित्तीय संस्थाको कुल सम्पत्ति ११८ खर्ब पुग्यो, कस्तो छ अन्य वित्तीय क्षेत्रको अवस्था ?
ncell

काठमाडौं । नेपालका बैंक तथा वित्तीय क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न संस्थाहरूको कुल सम्पत्ति करिब ११८ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरबैंकिङ वित्तीय संस्थासहितको संयुक्त सम्पत्ति तथा दायित्व ११८ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल सम्पत्ति १०६ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो। सोही आधारमा गत वर्ष संयुक्त सम्पत्तिमा ११.४३ प्रतिशत अर्थात् १२ खर्ब १२ अर्ब ८३ करोड रुपैयाँको वृद्धि भएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक तथा वित्तीय क्षेत्रको सम्पत्ति स्थिति

                               वाणिज्य बैंक

वित्तीय प्रणालीको सबैभन्दा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १२ प्रतिशतले बढेर ८० खर्ब ९५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ थियो।

                                 विकास बैंक

विकास बैंकहरूको सम्पत्ति ५.१ प्रतिशत अर्थात् ३६ अर्ब २६ करोड रुपैयाँले बढेर ७ खर्ब ५३ अर्ब ५५ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यो ७ खर्ब १७ अर्ब रुपैयाँ थियो।

                              फाइनान्स कम्पनी

फाइनान्स कम्पनीहरूको कुल सम्पत्ति ३.४ प्रतिशत वृद्धि भई १ खर्ब ७५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सम्पत्ति १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ थियो।

लघुवित्त वित्तीय संस्था

लघुवित्तहरूको कुल सम्पत्तिमा ९.७ प्रतिशत अर्थात् ५३ अर्ब ८३ करोड रुपैयाँको वृद्धि भई ६ खर्ब ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ थियो।

                                    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)

निफ्राको सम्पत्ति सबैभन्दा उच्च गतिमा वृद्धि भएको छ। ४५.२३ प्रतिशत अर्थात् १३ अर्ब ३४ करोड रुपैयाँको वृद्धि भई कुल सम्पत्ति ४२ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो।
nic asia capital
अघिल्लो वर्ष निफ्राको सम्पत्ति २९ अर्ब ५० करोड रुपैयाँ थियो।

                                  बीमा क्षेत्रको सम्पत्ति वृद्धि

देशभर सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूको संयुक्त सम्पत्ति १० खर्ब ९३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ९ खर्ब ३९ अर्ब २३ करोड रुपैयाँ थियो। बीमा क्षेत्रको सम्पत्तिमा १६.५ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ वृद्धि भएको छ।

                                     गैरबैंकिङ संस्थाहरूको सम्पत्ति स्थिति

कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति ९.०८ प्रतिशत अर्थात् ५१ अर्ब ८९ करोड रुपैयाँ बढेर ६ खर्ब २३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। नागरिक लगानी कोषको सम्पत्ति २.५ प्रतिशत वृद्धि भई ३ खर्ब ११ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष यो ३ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ थियो।

सामाजिक सुरक्षा कोषको सम्पत्तिमा उल्लेखनीय २१४० प्रतिशत वृद्धि भएको छ। २१ अर्ब ५ करोड रुपैयाँ थपिँदै कुल सम्पत्ति १ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सामाजिक सुरक्षा कोषको सम्पत्ति ९८ अर्ब ३३ करोड रुपैयाँ थियो।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?