National life

बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि, अन्तर बैंक ब्याजदर २.७५% मा झ¥यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
1KShares
बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि, अन्तर बैंक ब्याजदर २.७५% मा झ¥यो
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीमा असोज २ गते एकैदिन २७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, सो दिन बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन, असोज १ गते, कुल निक्षेप ७३ खर्ब २७ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकमा मात्र सो दिन २८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय संस्थाहरूमा ७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो दिनसम्म वाणिज्य बैंकको निक्षेप ६५ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा अब ६६ खर्ब ०४ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंकिङ्ग प्रणालीमा २७ अर्ब निक्षेप थपिँदा १ अर्ब रुपैयाँ मात्र कर्जा लगानीमा प्रयोग भएको छ। बैंक तथा वित्तीय संस्थाले कुल ५६ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकको कर्जा लगानी ५० खर्ब ४ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाले ६ खर्ब २३ अर्ब रुपैयाँ लगानी गरेका छन्।

निक्षेप वृद्धिसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुवै घटेको देखिएको छ। अहिले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७५.५७ बिन्दुमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?