National life

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन ६ अर्ब रुपैयाँले बढ्यो, कर्जा लगानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
425Shares
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन ६ अर्ब रुपैयाँले बढ्यो, कर्जा लगानी कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन ६ अर्ब रुपैयाँले बढेको छ ।

बैंकको तथ्यांक विवरण अनुसार भदौ १५ गते बैंकहरुको निक्षेप उक्त रकम बराबर बढ्न पुगेको हो । भदौ १४ गते शनिवार ७२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते ६ अर्बले बढेर ७२ खर्ब ४७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ।

सोही समयमा बैंकहरुको कर्जा लगानी ३ अर्बले बढेको छ।

Royal Enfield
nic asia capital
१५ गते बैंकहरुको कर्जा लगानी ५६ खर्ब ४ अर्ब रुपैयाँ कायम छ । सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ ।

भने वाणिज्य बैंकहरुको निक्षेप पनि त्यही समयमा ७ अर्ब रुपैयाँले बढेको तथ्यांकमा उल्लेख छ । भदौ १४ गते ६४ खर्ब ८८ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते ७ अर्बले बढेर ६४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको सीडी रेसियो ७६.३७ प्रतिशत र अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?