National life

बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द, सेनाको कर्फ्यु कार्यान्वयनमा कडाइ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
476Shares
बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द, सेनाको कर्फ्यु कार्यान्वयनमा कडाइ
ncell

काठमाडौँ। देशभरका बैंक, वित्तीय संस्था र बीमा कम्पनी आज पूर्ण रूपमा बन्द भएका छन् । नेपाली सेनाले लागू गरेको निषेधाज्ञा र कर्फ्यूका कारण वित्तीय संस्थाहरूले सेवा दिन नसकेको जनाइएको छ ।

नेपाल बैंकर्स एसोसिएशन र वित्तीय संस्था सङ्घका अनुसार असामान्य परिस्थितिमा कर्मचारी सुरक्षाको ग्यारेन्टी नभएकाले ग्राहकलाई सेवा दिन असम्भव भएको हो । यस कारण आजदेखि सम्पूर्ण शाखा कार्यालय तथा बीमा कम्पनीहरूको सेवा स्थगित गरिएको छ ।

Royal Enfield
nic asia capital

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा मुलुकको शान्ति–सुरक्षा सुनिश्चित गर्न राष्ट्रव्यापी कर्फ्यु आदेश लागू गरिएको उल्लेख छ । सेनाले कर्फ्यु उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिँदै नागरिकलाई अत्यावश्यक अवस्था बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

कर्फ्यूका कारण बजार, पसल र यातायात पनि पूर्ण रूपमा प्रभावित भएका छन् । राजधानीलगायतका प्रमुख शहरमा सेनाले कडा निगरानी राखेको छ भने सडकमा सेनाको टोली निरन्तर गस्ती गरिरहेको छ ।

यस्तै, सर्वसाधारणलाई खाद्यान्न, औषधि र आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य गतिविधि तत्कालका लागि रोकिएको छ । मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै सेनाले सबैलाई संयमता अपनाउन र सुरक्षामा सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?