National life

बैंक वित्तीय संस्थाको निक्षेप संकलनमा एकैदिन ९ अर्बले गिरावट, लगानीयोग्य रकम थुप्रिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
513Shares
बैंक वित्तीय संस्थाको निक्षेप संकलनमा एकैदिन ९ अर्बले गिरावट, लगानीयोग्य रकम थुप्रिँदै
ncell

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलनमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन २५ गते आइतवारसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७२ खर्ब ३९ अर्ब पुगेको छ।

यो अघिल्लो दिन अर्थात् साउन २४ गतेको भन्दा ९ अर्बले कम हो। साउन २४ गते बैंक तथा वित्तीय संस्थाहरूमा यस्तो निक्षेप संकलन ७२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो।

Royal Enfield
nic asia capital

त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि घटेको छ। साउन २५ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा ५५ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५५ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकमा उल्लेख छ ।

यता, कुल निक्षेप संकलनमध्ये वाणिज्य बैंकहरुमा मात्रै ६४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ।

कुल कर्जा लगानीमध्ये वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । सोही समयमा अन्तर बैंक ब्याजदर पनि घटेको छ। अहिले अन्तर बैंक ब्याजदर २.६८ प्रतिशतमा झरेको छ। भने बैंकहरुको औषत सीडि रेसियो ७६.०७ प्रतिशत रहेको छ ।

राष्ट्रबैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय ६ खर्ब हाराहारीको लगानीयोग्य रकम थुप्रिएको छ। जसले गर्दा नेपाल राष्ट्र बैंकले तरलतालाई व्यवस्थापन गर्नका लागि बजारबाट रकम प्रशोचन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?