National life

बैंक वित्तीय संस्थाबाट जाने कर्जामा ८.४ ले वृद्धि, सबैभन्दा बढी कुन क्षेत्रमा कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
536Shares
बैंक वित्तीय संस्थाबाट जाने कर्जामा ८.४ ले वृद्धि, सबैभन्दा बढी कुन क्षेत्रमा कति ? 
ncell

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा ८.४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले यो वर्ष कर्जा १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो।

Royal Enfield
nic asia capital

अघिल्लो वर्षको तुलनामा भने कर्जा बढेको देखिन्छ। अघिल्लो आवमा ५.८ प्रतिशतले मात्रै कर्जा प्रवाह भएको थियो जुन २ खर्ब ७६ अर्ब हुन्छ। गत आवमा भने ४ खर्ब २३ अर्ब प्रवाह भएको हो। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ।

त्यस्तै, २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर(कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

२०८१ असार मसान्तमा यो अनुपात क्रमशः ६६.५ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१र८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।

साथै, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट ९आयात० कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालू पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?