National life
cg eloctronics

बैंक वित्तीय संस्थामा पैसा फालाफाल, तरलता व्यवस्थापन गर्न ४५ अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
1.5kShares
बैंक वित्तीय संस्थामा पैसा फालाफाल, तरलता व्यवस्थापन गर्न ४५ अर्ब खिच्दै राष्ट्रबैंक
muktinatha bikash bank

काठमाडौँ। बैंक वित्तीय संस्थामा अधिक तरलता थपिएसँगै नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि माथि उल्लेखित रकम झिक्न लागेको हो।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसको साँवा तथा ब्याज भुक्तानी असोज ५ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् । पछिल्लो समय राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधवार बजारबाट पैसा झिक्दै आएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?