National life

बैंक सिस्टम ह्याक गरी रकम हिनामिना गरेका कोइराला दोषी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
344Shares
बैंक सिस्टम ह्याक गरी रकम हिनामिना गरेका कोइराला दोषी ठहर
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेड डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भूपराज कोइराला बैंकको रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतको खुसी प्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो ।

२०७६ सालमा बैंकलाई नभएको दायित्व सिर्जना गरी अनुचित लाभ लिएको आरोपमा कोइरालालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । कोइरालामाथि बैंक सिस्टम ह्याक गरी बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरेको आरोप थियो ।

Royal Enfield
nic asia capital

गत मङ्सिर २६ गते कोइरालामाथिको कसुर कायम भएकोमा उनलाई ५४ लाख ८४ हजार जरिवाना तथा त्यति नै बिगो नेपाल बैंक लिमिटेडले असुल उपर गरेर लिने आदेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार २१ गते विशेष अदालतमा कोइरालाविरुद्ध मुद्दा दायर गरेको थियो । उनले टेलर आइडी र सिस्टम सुपर युजरको दुरुपयोग गरेर अनधिकृत रूपमा आफ्नो खातामा रकम जम्मा गरेको अभियोग आयोगको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
344SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?