National life
cg eloctronics

बैशाख महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, हेर्नुस् कस्को कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
496Shares
बैशाख महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, हेर्नुस् कस्को कति ?
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत वैशाख महिनाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्। उक्त रकम सो भन्दा अघिल्लो महिना चैतको तुलनामा २.३७ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५५ करोड १० लाख रुपैयाँ कुल बीमा ब्यवसाय गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक महिनाको अवधिमा ८ बीमा कम्पनीको ब्यवसाय घटेको छ भने नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा बैशाख महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ब्यवसाय सबै भन्दा उत्कृष्ट देखिएको छ भने नेशनल लाइफ, एलआइसी नेपाल र हिमालयन लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो रहेका छन् ।

चैतको तुलनामा बैशाखमा नेपाल लाइफको ७.१७ प्रतिशतले घटेर २ अर्ब ९२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, एलआइसी नेपालको ७.११ प्रतिशतले बढेर १ अर्ब ४३ करोड, नेशलन लाइफको १२.१० प्रतिशतले बढेर १ अर्ब ४० करोड र हिमालयन लाइफको २.५३ प्रतिशतले बढेर १ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्यांक आज बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।

त्यस्तै चैतको तुलनामा बैशाखमा सूर्यज्योति लाइफको बीमा ब्यवसाय ८.६६ प्रतिशतले घटेर ७४ करोड ७४ लाख रुपैयाँ, एशियन लाइफको ५.२७ प्रतिशतले घटेर ५९ करोड ७५ लाख रुपैयाँ, सिटिजन लाइफको ११.६३ प्रतिशतले घटेर ४५ करोड ६४ लाख रुपैयाँ, मेट लाइफको ११।४७ प्रतिशतले घटेर ४४ करोड २२ लाख रुपैयाँ, सानिमा रिलायन्सको ११.८२ प्रतिशतले घटेर ३६ करोड ४८ लालाख रुपैयाँ, आइएमई लाइफको २२।६२ प्रतिशतले घटेर ३५ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफको ६.४८ प्रतिशतले घटेर २९ करोड ७६ लाख रुपैयाँ रहेको तथ्यांकमा देखिन्छ ।

nic asia capital

चैतको तुलनामा बैशाखमा रिलायबल नेपालको ४.०८ प्रतिशतले बढेर ३६ करोड ४८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.८५ प्रतिशतले बढेर ३५ करोड ९४ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको २४.४३ प्रतिशतले बढेर २९ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?