National life

ब्याजदर घट्दा आयकर संकलनमा असर, कुल राजस्वमा आयकरको हिस्सा घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
973Shares
ब्याजदर घट्दा आयकर संकलनमा असर, कुल राजस्वमा आयकरको हिस्सा घट्यो
ncell

काठमाडौं ।  आर्थिक वर्ष २०८१/८२ मा आयकर संकलन लक्ष्य पूरा नहुनुका कारण समग्र राजस्व संरचनामा यसको हिस्सा घटेको छ। अर्थ मन्त्रालयका अनुसार गत वर्ष आयकर संकलन लक्ष्यको मात्र ७६.२२ प्रतिशत मात्र उठ्न सकेको छ।

यसले कुल राजस्वमा आयकरको योगदान अघिल्लो वर्षको २६.८ प्रतिशतबाट घटेर २५.३ प्रतिशतमा सीमित भएको छ।

Royal Enfield
nic asia capital
समग्र राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ८४.२८ प्रतिशत हो।

आयकर लक्ष्य पूरा नहुनुको मुख्य कारण ब्याजदरमा आएको गिरावट रहेको छ। यस वर्ष ३ खर्ब ९० अर्ब ७० करोड रुपैयाँको आयकर संकलन लक्ष्य राखिएकोमा २ खर्ब ९७ अर्ब ८१ करोड मात्रै संकलन भएको छ। यसमा ब्याजकरको संकलन लक्ष्यको मात्र ६०.३२ प्रतिशत मात्रै पुगेको मन्त्रालयले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहँदा न्यून ब्याजदरले कर संकलनमा ठूलो प्रभाव परेको छ।

राजस्व संरचनामा आयकरको योगदान घटे पनि अन्तःशुल्कको हिस्सा सामान्य वृद्धि भएको छ। २०८०/८१ मा १३.८ प्रतिशत रहेको अन्तःशुल्क २०८१/८२ मा १४.९ प्रतिशत पुगेको छ, जुन संकलन लक्ष्यको ८९.८५ प्रतिशत हो। मूल्य अभिवृद्धि कर (भ्याट) हिस्सा स्थिर रहँदा, गैरकर राजस्व हिस्सामा सामान्य वृद्धि भई १०.९ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षमा वस्तु आयात १३.३ प्रतिशतले बढेर १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यसले आयातजन्य कर संकलनमा सुधार ल्याएको छ। भन्सार महसुलको हिस्सा १९ प्रतिशतबाट बढेर १९.६ प्रतिशत पुगेको छ। कुल संकलित राजस्वमा भन्सार बिन्दुबाटको हिस्सा ४४.३१ प्रतिशतबाट बढेर ४५ प्रतिशत पुगेको छ।

आयात बढ्दा भन्सार महसुल, पैठारीतर्फको भ्याट र अन्तःशुल्क संकलनमा सुधार आएसँगै आन्तरिक अर्थतन्त्र सुस्त भए पनि राजस्व परिचालनमा सामान्य योगदान पुगेको देखिन्छ। गत वर्ष सबैभन्दा बढी राजस्व संकलन असार महिनामा भएको थियो – १ खर्ब ६२ अर्ब ७४ करोड रुपैयाँ। पुसमा १ खर्ब ६० अर्ब र चैतमा १ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

यो समाचार शेयर गर्नुहोस्
973SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?