काठमाडौँ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
कूल २० वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार साउनको तुलनामा भदौ महिनामा औषत ब्याजदर घटेको छ। जस अनुसार व्यक्तिगत मुद्दतीको अधिकतम औषत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा बढाएर भदौ महिनाको लागि ५.५७ प्रतिशत कायम भएको छ।
त्यस्तै,भदौ महिनामा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र कुमारी बैंकगरी ८ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा ब्याजदर घटाएका छन् ।
साथै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, नविल बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंकगरी ११ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
बाकी रहेका प्रभु बैंकले भने साउनको तुलनामा व्यक्तिगत मुद्दतीमा ब्याजदर बढाएको छ। साउन महिनामा ४.२५ प्रतिशत व्याजदर कायम भएको प्रभु बैंकको भदौ महिनाको लागि भने ५.३५ प्रतिशत ब्याजदर रहेको छ। भदौको ब्याजदरमा कृषि विकास ५.२ प्रतिशत, एभरेस्ट ५.७५ प्रतिशत, नेपाल बैंक५.४ प्रतिशत, लक्ष्मी सनराइज ५ प्रतिशत, माछापुच्छ्रे ६ प्रतिशत, एनआईसी एसिया ६.२५ प्रतिशत, प्रभु ५.३५ प्रतिशत, स्टान्डर्ड चार्टड ५.१३ को प्रतिशत कायम रहेको छ ।
त्यस्तै भदौ महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकको ५.५ प्रतिशत, नबिल ५.५ प्रतिशत, ग्लोबल आईएमई ६ प्रतिशत, सिद्धार्थ ५.५ प्रतिशत, प्राइम कमर्सियल ६ प्रतिशत, कुमारी ५.२१ प्रतिशत, सानिमा५.७५ प्रतिशत, हिमालयन ६ प्रतिशत, नेपाल एसबीआई ५.२५ प्रतिशत, इन्भेस्टमेन्ट मेगा ५.२५ प्रतिशत, एनएमबी ६ प्रतिशत, सिटिजन्स ५.५ प्रतिशत रहेको छ।
| बैंक | साउन महिनाको ब्याजदर | भदौ महिनाको ब्याजदर |
| कृषि विकास | ५.४ | ५.२ |
| एभरेस्ट | ६.२५ | ५.७५ |
| नेपाल | ५.४ | ५.४ |
| लक्ष्मी सनराइज | ५.५ | ५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| प्रभु | ४.२५ | ५.३५ |
| स्टान्डर्ड चार्टड | ६.२६ | ५.१३ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नबिल | ५.५ | ५.५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| प्राइम कमर्सियल | ६ | ६ |
| कुमारी | ५.४१ | ५.२१ |
| सानिमा | ६.१८ | ५.७५ |
| हिमालयन | ६ | ६ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| एनएमबी | ६ | ६ |
| सिटिजन्स | ५.५ | ५.५ |































