National life

भारतले हटायो प्रतिबन्ध: नेपालमा अब १०० रुपैयाँभन्दा माथिका भारतीय नोट चल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
467Shares
भारतले हटायो प्रतिबन्ध: नेपालमा अब १०० रुपैयाँभन्दा माथिका भारतीय नोट चल्ने
ncell

काठमाडौं। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालमा १०० भारतीय रुपैयाँभन्दा माथिका नोट चलनचल्तीमा प्रयोग गर्न पाउने व्यवस्था पुनः लागू गरेको छ। भारतीय राजपत्रमा सूचना सार्वजनिक गर्दै आरबीआईले नेपालमा लागू भएको पुरानो प्रतिबन्ध हटाएको जनाएको हो।

भारतले सन् २०१६ मा गरेको नोटबन्दीपछि ५०० र १००० दरका पुराना नोटहरू अवैध बनेका थिए। त्यसपछि २,००० दरको नयाँ नोट छापिएको थियो तर सन् २०२३ देखि सो नोटको छपाइ रोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल भारतमा ५०० र १,००० दरका नोटहरू चलनमा सक्रिय छन्।

भारतीय रुपैयाँ नेपालमा व्यापक रूपमा प्रयोग हुने गर्दछ, विशेष गरी सीमावर्ती क्षेत्रहरूमा। यसअघि २०१९ मा नेपाल राष्ट्र बैंकले उच्च मूल्यका भारतीय नोटहरूको प्रयोगमा प्रतिबन्ध लगाएको थियो, तर यो नयाँ भारतीय व्यवस्थाले अब यस्ता नोटहरूको प्रयोगलाई सहज बनाउने छ।

आरबीआईले जारी गरेको सूचनाअनुसार अब नेपाल आउने व्यक्तिले २५ हजार भारतीय रुपैयाँसम्म साथमा ल्याउन पाउनेछ। खुला सीमाना तथा २५ हजार रुपैयाँसम्मको सीमा कायम भएकाले, अघिल्लो प्रतिबन्धका कारण नेपाल आउने भारतीय पर्यटक, भारत हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका विदेशी पर्यटकले १०० भन्दा माथिका नोट नेपालमा नचल्ने समस्या झेल्नुपरेको थियो।

नयाँ व्यवस्थाले उनीहरूको यात्रा सजिलो हुने, पर्यटन प्रवाह बढ्न सक्ने र दुवै देशबीचको आर्थिक तथा भौतिक आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?