National life

भारतसँगको क्रसबोर्डर भुक्तानीको सीमा निर्धारण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
508Shares
भारतसँगको क्रसबोर्डर भुक्तानीको सीमा निर्धारण
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार साँझ एकीकृत परिपत्रमा संसोधन गर्दै भारतसँग क्रसबोर्डर बिद्युतीय भुक्तानीको सीमा तोकेको छ ।

संसोधित व्यवस्थाअनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपालका वाणिज्य तथा विकास बै।कमा खोलेको बैंक खाताबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु. १५००० र प्रति महिना भारु १००००० जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा पाउनेछन् ।

Royal Enfield
nic asia capital

यसअघि यसरी नेपालको बैंक खाताबाट विद्युतीय भुक्तानीका माध्यमहरु प्रयोग गरी सोझै भारतीय बैंक खातामा पैसा पठाउन सकिने व्यवस्था थिएन ।

यसरी पैसा पठाउँदा इबैंकिङ, अन्तरबैंक भुक्तानी, मोवाइल बैंकिंग, क्यूआर कोड मार्फत राष्टिय स्वीचको माध्यमहरु प्रयोग गर्नुपर्नेछ ।

राष्टबैंकका अनुसार भारतमा कार्यरत नेपाली श्रमिकले इण्डो नेपाल रेमिटेन्स फ्यासिलिटी स्किमको अतिरिक्त भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय ई बैंकिंग, अन्तरबैंक भुक्तानी, मोवाइल बैंकिंग, क्यूआर कोडमार्फत राष्टिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्टिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउने बाटो समेत खुलेको छ ।

यस्तै, केन्द्रीय बैंकले नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक वा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न सकिने व्यवस्था गरेको हो । सोही प्रकारले नेपाली बैंकबाट विद्युतीय भुक्तानी माध्यमको प्रयोग गरी भारतको बैंकमा समेत भुक्तानी गर्न सकिनेछ । यस्तो कारोबारमा निहीत रहने सम्पूर्ण जोखिमहरु र सोको निराकरण तथा न्यूनिकरणका उपायहरु सम्बन्धित बैंक आफैंले विश्लेषण र व्यवस्थापन गर्नुपर्ने संसोधित निर्देशनमा उल्लेख छ ।

 

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?