National life

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ८३ हजारले मात्र पाए सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
899Shares
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ८३ हजारले मात्र पाए सेयर
ncell

काठमाडौं  भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले माघ २७ गते मंगलबार आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा २५ लाख ७९ हजार ९२० जना आवेदकबाट आवेदन परेको थियो।

बिक्री प्रबन्धकका अनुसार प्राप्त आवेदनमध्ये २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य ठहरिएको छ भने बाँकी आवेदन प्राविधिक कारणले रद्द गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले नियामक निकायको निर्देशनअनुसार गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो।

बाँडफाँट प्रक्रियाअनुसार कुल ८३ हजार जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन्। बाँकी योग्य आवेदकहरू भने यस पटक आईपीओ नपाई रित्तो हात फर्किनुपरेको छ।

आईपीओ बाँडफाँटपछि आवेदकहरूले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर प्रणाली, बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको वेबसाइट तथा सम्बन्धित माध्यममार्फत आफ्नो आवेदनको नतिजा हेर्न सक्नेछन्।

उल्लेखनीय रूपमा, सीमित कित्तामा अत्यधिक आवेदन परेकाले भुजुङ्ग हाइड्रोपावरको आईपीओप्रति सर्वसाधारण लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
899SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?