National life

भुजुङ हाईड्रोपावरको आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1.5kShares
भुजुङ हाईड्रोपावरको आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री आवेदन खुला
ncell

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरुका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?