काठमाडौँ । सरकारले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। त्यस्तै सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न समेत निर्देशन दिएको छ ।
साथै डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेका उद्योगीहरुसँग १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत भएको छ ।





































