काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य सोमबारको तुलनामा पाँच रुपैयाँले बृद्धि भएर एक हजार ४५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
https://aarthikvoice.com/archives/18584




































