काठमाडौँ । आज बुधवार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको तथा सुरक्षित लगानीमैत्री धारणाको माग बढेकाले घरेलु मूल्यमा समेत प्रभाव परिरहेको जानकारहरूको भनाई छ।































