National life

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा ८ करोड नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
456Shares
मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा ८ करोड नाघ्यो, प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खर्च नियन्त्रण र वित्तीय संरचनामा सुधार गर्दै आफ्नो समग्र वित्तीय अवस्था मजबुत बनाएको छ।

उक्त अवधिमा कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशतले बढी हो।

Royal Enfield
nic asia capital
विद्युत बिक्रीबाट प्राप्त स्थिर आम्दानीसँगै वित्तीय तथा कर्मचारी खर्च घट्नुले नाफा वृद्धिमा सहयोग पुगेको कम्पनीको वित्तीय विवरणमा देखिन्छ।

समीक्षा अवधिमा विद्युत बिक्रीमार्फत कम्पनीको आम्दानी २५ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा रहेको २४ करोड ५२ लाख रुपैयाँभन्दा बढी हो। यद्यपि प्रशासनिक तथा अन्य सञ्चालन खर्च भने १ करोड १५ लाख रुपैयाँबाट बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ।

कर्मचारी खर्च १ करोड ३९ हजार रुपैयाँबाट घटेर ९२ लाख ७ हजार रुपैयाँमा सीमित हुनु र वित्त खर्च ९ करोड १९ लाख रुपैयाँबाट घटेर ८ करोड ३५ लाख रुपैयाँमा झर्नु कम्पनीका लागि सकारात्मक पक्षको रूपमा देखिएको छ।

यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ६ करोड २० लाख रुपैयाँबाट बढेर ११ करोड २८ लाख रुपैयाँ पुगेको छ, जसले आन्तरिक पूँजी सुदृढ हुँदै गएको संकेत गर्छ। कम्पनीसँग हाल १८ करोड २० लाख रुपैयाँ बराबरको चालु सम्पत्ति रहेको छ भने चालु दायित्व ४५ लाख ३८ हजार रुपैयाँ मात्र रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.८५ रुपैयाँ र रिटर्न अन इक्विटी ९.४५ प्रतिशत कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?