National life

मधेस प्रदेशमा निर्जीवन बिमाबाट २ अर्ब १५ करोड संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
439Shares
मधेस प्रदेशमा निर्जीवन बिमाबाट २ अर्ब १५ करोड संकलन
ncell

पर्सा : नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख संख्या भने दुई लाख ५९ हजार ४७५ रुपैयाँ रहेको छ ।

निर्जीवन बिमातर्फ सात हजार १२४ संख्याले एक अर्ब ६० करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भने, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”

कार्यालयले चालु आवको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ। सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बिमाको बिमालेख संख्या रहेको छ ।

जीवन बिमा शुल्क संकलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी संख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमाकोतर्फको दाबी भुक्तानी संख्या २१ हजार ९०४ संख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो । रासस

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?