National life

महालक्ष्मी विकास बैंकको नाफा बढ्दै, पहिलो त्रैमासमा ९ करोड बढीको रुपैयाँ कमाइ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1KShares
महालक्ष्मी विकास बैंकको नाफा बढ्दै, पहिलो त्रैमासमा ९ करोड बढीको रुपैयाँ कमाइ
ncell

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४२ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो।

Royal Enfield
nic asia capital

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा आएको सुधार मुख्य कारण हो। चालु त्रैमासमा बैंकले ५० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ४८ करोड ३२ लाख रुपैयाँभन्दा ५.३२ प्रतिशत बढी हो।

बैंकको खराब कर्जा अनुपात (NPL) हाल ५.५० प्रतिशतमा पुगेको छ, जुन गत वर्ष ४.९० प्रतिशत थियो। त्यस्तै, बैंकको बेस रेट ६.४५ प्रतिशत, कस्ट अफ फण्ड ४.३० प्रतिशत, रिटर्न अन इक्विटी ५.४८ प्रतिशत, रिटर्न अन एसेट ०.६० प्रतिशत, र स्प्रेड दर ४.३६ प्रतिशत रहेको छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्म बैंकले ३९ करोड ११ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ। बैंकको रिजर्भ फण्डमा २ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ, ईपीएस ९.०८ रुपैयाँ, नेटवर्थ १६५.४३ रुपैयाँ, पीई रेसियो ४०.०८ गुणा, र तरलता अनुपात ३०.७६ प्रतिशत रहेको छ।

लाभांश क्षमताको हिसाबले बैंकले प्रतिसेयर ७.२२ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?