National life

माछापुच्छ्रे एसआईपी योजना’ सार्वजनिक: २ करोड इकाई बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ मंसिर २०८२, आइतबार
518Shares
माछापुच्छ्रे एसआईपी योजना’ सार्वजनिक: २ करोड इकाई बिक्रीमा
ncell

काठमाडौं । कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलद्वारा सञ्चालित ‘एमबीएल सामूहिक लगानी कोष’ अन्तर्गतको माछापुच्छ्रे एसआईपी योजना आजबाट सर्वसाधारणका लागि खुला भएको छ।

प्रथम चरणमा कुल ५ करोड इकाईमध्ये २ करोड इकाई बिक्रीका लागि सार्वजनिक गरिएको छ। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित राखिएको छ भने बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि उपलब्ध छ।

अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ तोकिएको यस योजनामा मंसिर १४ गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त अवधिभित्र पर्याप्त संख्या नआएमा आवेदन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ। आवेदन गर्दा न्यूनतम १०० इकाई र अधिकतम २० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ।

यस म्युचुअल फण्ड निष्काशनका लागि क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल ले कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई ‘CARENP Triple B Plus Issuer’ र इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई ‘IRN AMC Quality 3’ रेटिङ्ग प्रदान गरेका छन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा माछापुच्छ्रे क्यापिटल लिमिटेड नै रहनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?