काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् । कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समेत रहेका उनलाई अध्यक्षमा चयन गरेको हो ।
उनी यसअघि पनि कम्पनीको अध्यक्ष भएका थिए। कास्की जिल्लाको पोखरा घर भएका उनी विभिन्न व्यवसायमा पनि संलग्न छन् । सोही बैठकले कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

































