National life

मिटर ब्याजीहरु पुन: सक्रिय हुन थाले,कर्जा बढाउन सिइओहरुलाई निर्देशन  

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
821Shares
मिटर ब्याजीहरु पुन: सक्रिय हुन थाले,कर्जा बढाउन सिइओहरुलाई निर्देशन  
ncell

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई बोलाएर कर्जा प्रवाह हुन नसकेको विषयमा छलफल गरेको छ । बुधबार (पुस २ गते) क,ख, ग, घ वर्गका बैंक तथा वित्तिय संस्थाका सिइओहरुलाई बोलाएर छलफल गरेको हो ।

छलफल दिउँसो ३ बजेदेखि सुरु भएको थियो । छलफलमा राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका प्रमुख डा. रामशरण खरेल, नियमन विभागका प्रमुख रामु पौडेल र सुपर भिजन विभागका प्रमुख दीर्घ बहादुर रावलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तीनै जना इडीहरुले बैंक तथा वित्तिय संस्थाको कर्जा सम्बन्धि फिल्ड भिजिटका क्रममा पाएका सुझाव समेतलाई आधार मानेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले फिल्ड भिजिटबाट पाएको प्रतिक्रियाका आधारमा नीति तर्जुमा गर्ने गरेका छन् । पौडेलले बैंक तथा वित्तिय संस्थाले स्थानीय उत्पादनलाई बढावा दिनेगरी लगानी क्षेत्र पहिल्याएर कर्जा दिनु पर्ने भनाई राखेका थिए ।

छलफलमा गभर्नर पौडेलले भने, “बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, शाखा प्रमुखहरु कर्जा बढाउन लागि परेको देखिएन, स्थानीय उत्पादनसँग जोड्नेगरी कर्जा प्रवाह गर्नुपर्यो हाम्रो फिल्ड भिजिटमा कर्जा पाएनौं भन्ने चर्को गुनासो छ तपाईहरुले यो क्षेत्रमा बढि ध्यान दिनु पर्यो ।”

गभर्नर पौडेलले फिल्ड भिजिटका क्रममा कर्जा नपाएको गुनासो अत्याधिक आएको अनुभव सिइओहरुलाई सुनाएका थिए । कर्जाको माग अधिक छ तर बैंक तथा वित्तिय संस्थाले कर्जा बढाउनका लागि कुनै काम गरेको भेटिदैन । यसले ग्रामिण तथा शहरी भेगमै मिटर ब्याजीहरु पुन: सक्रिय हुन थालेको अनुभव हुन थालेको विषय राष्ट्र बैंकले सिइओहरुलाई सुनाएको थियो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
821SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?